🙏 स्वागत छ! दर्ता गरिएको मोबाइल नम्बर र पासवर्ड राख्नुहोस्।
📱
🔑
🔑 पासवर्ड बिर्सनुभयो? सम्पर्क: 📲 ९७०९३५६१०७
📜तीन सिद्धान्त
गणना
🗓️शुद्ध
पञ्चाङ्ग
🔱पूर्ण
कुण्डली
✅ तलबाट आफ्नो प्याकेज छान्नुहोस् र विवरण भर्नुहोस्।
📲 दर्ता अनुरोध सिधै प्रशासकसमक्ष पुग्छ।
प्रशासकले स्वीकृत गरेपछि मात्र लगइन हुन्छ।
आफ्नो प्याकेज छान्नुहोस्
📅 मासिक प्याक
रु. १,०००/-
प्रति महिना · ३० दिन
  • तीनै सिद्धान्त
  • सबै सुविधा खुला
🔥 सबैभन्दा बचत
🗓️ वार्षिक प्याक
रु. ३,५००/-
प्रति वर्ष · ३६५ दिन
  • तीनै सिद्धान्त
  • सबै सुविधा खुला
  • मासिकभन्दा सस्तो
📛
📱
📧
📍
🎁
ज्योतिषी टोलीको मान्य कोड राख्दा नयाँ दर्तामा १०% छुट पाइन्छ।
अथवा
📥 एपबाट अनुरोध पठाएपछि प्रशासकले स्वीकृत गर्नेछन्। तुरुन्तै सम्पर्क गर्न ह्वाट्सएप बटन थिच्नुहोस्।
📜 नियम तथा सर्तहरू
दिव्य ज्योतिष सफ्टवेयर प्रयोग गर्नुअघि तलका नियम तथा सर्तहरू ध्यानपूर्वक पढ्नुहोस्। दर्ता गरेर वा प्रयोग गरेर तपाईं यी सबै सर्तहरूमा सहमत हुनुभएको मानिनेछ।

१. सेवा र प्याकेज

  • मासिक प्याक — रु. १,०००/- : दर्ता स्वीकृत भएको मितिबाट ३० दिनसम्म मान्य।
  • वार्षिक प्याक — रु. ३,५००/- : दर्ता स्वीकृत भएको मितिबाट ३६५ दिनसम्म मान्य।
  • प्याकेजको अवधि सकिएपछि सेवा स्वतः बन्द हुनेछ। पुनः प्रयोगका लागि नवीकरण अनिवार्य छ।
  • शुल्क तथा प्याकेजका सुविधाहरू पूर्व सूचना बिना परिवर्तन हुन सक्नेछन्। तर चालु अवधिमा पहिले तिरिएकै दरमा सेवा जारी रहनेछ।
  • ज्योतिषी टोलीको मान्य रेफरल कोड प्रयोग गरी गरिएको नयाँ दर्तामा नियमित शुल्कबाट १०% छुट लागू हुन्छ। एउटा दर्तामा एउटा मात्र रेफरल कोड प्रयोग गर्न सकिन्छ।

२. भुक्तानी र स्वीकृति

  • दर्ता अनुरोध पठाएपछि Admin ले भुक्तानी पुष्टि गरेपछि मात्र खाता सक्रिय हुनेछ।
  • भुक्तानीको प्रमाण (रसिद/स्क्रिनसट) सुरक्षित राख्नु प्रयोगकर्ताको जिम्मेवारी हो।
  • गलत वा झुटो विवरण दिएमा दर्ता अस्वीकृत गरिनेछ र शुल्क फिर्ता हुने छैन।

३. खाता र यन्त्र (Device) सम्बन्धी

  • एक खाता एक व्यक्तिका लागि मात्र हो। पासवर्ड गोप्य राख्नु प्रयोगकर्ताको दायित्व हो।
  • प्रत्येक खातालाई तोकिएको संख्याको यन्त्रमा मात्र प्रयोग गर्न मिल्नेछ। थप यन्त्र चाहिएमा Admin सँग सम्पर्क गर्नुपर्नेछ।
  • खाता अरूलाई बेच्ने, भाडामा दिने वा साझा गर्ने कार्य निषेधित छ। यस्तो पाइएमा खाता तत्काल बन्द गरिनेछ र शुल्क फिर्ता हुने छैन।

४. फिर्ता (Refund) नीति

  • डिजिटल सेवा भएकाले एकपटक तिरेको शुल्क फिर्ता हुँदैन
  • प्राविधिक समस्याका कारण सेवा लामो समय अवरुद्ध भएमा, Admin को निर्णय अनुसार अवधि थप गर्न सकिनेछ।
  • प्याकेज बीचमै परिवर्तन गर्दा बाँकी अवधिको रकम फिर्ता वा समायोजन हुने छैन।

५. गणना र जिम्मेवारीको सीमा

  • यस सफ्टवेयरमा तीन गणना पद्धति उपलब्ध छन् — सूर्य सिद्धान्त, केतकी सिद्धान्तदृक् सिद्धान्त। प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार जुनसुकै छान्न सक्नेछन्।
  • दुवै पद्धतिका गणना आ-आफ्नै शास्त्रीय आधारमा गरिएका हुन्। दुई पद्धतिबीच सामान्य अन्तर देखिनु स्वाभाविक हो — यो त्रुटि होइन।
  • ज्योतिषीय फल तथा व्याख्या परम्परागत शास्त्रमा आधारित छन्।
  • प्रस्तुत जानकारी सूचनात्मक तथा धार्मिक-सांस्कृतिक प्रयोजनका लागि मात्र हो — यो चिकित्सकीय, कानुनी, वा आर्थिक सल्लाह होइन।
  • प्रयोगकर्ताले गरेको कुनै पनि निर्णय वा त्यसबाट हुने हानि-नोक्सानीको जिम्मेवारी सेवा प्रदायकले लिने छैन।
  • मिति प्रविष्ट गर्दा सूर्योदय अनुसार नै मिति चयन गर्नुपर्नेछ — राति १२ बजेपछि दिन परिवर्तन भएको मानिँदैन।

६. गोपनीयता (Privacy)

  • दर्ताका क्रममा लिइएको नाम, मोबाइल नम्बर, ईमेल र ठेगाना खाता व्यवस्थापनका लागि मात्र प्रयोग हुनेछ।
  • प्रयोगकर्ताको व्यक्तिगत विवरण तेस्रो पक्षलाई बिक्री वा हस्तान्तरण गरिने छैन।
  • कानुनी बाध्यता भएमा मात्र सम्बन्धित निकायलाई विवरण उपलब्ध गराइनेछ।

७. बौद्धिक सम्पत्ति

  • यस सफ्टवेयरको कोड, डिजाइन, गणना विधि तथा सामग्री दिव्य ज्योतिष को सम्पत्ति हो।
  • अनुमति बिना नक्कल, वितरण, पुनः बिक्री वा परिमार्जन गर्न पाइने छैन।

८. सेवा स्थगन

  • नियम उल्लङ्घन, दुरुपयोग वा भुक्तानी सम्बन्धी विवाद देखिएमा Admin ले पूर्व सूचना बिना खाता स्थगन गर्न सक्नेछन्।
  • मर्मत-सम्भार वा अद्यावधिकका कारण सेवा केही समय अनुपलब्ध हुन सक्नेछ।

९. सम्पर्क

  • 📱 मोबाइल: ९७०९३५६१०७
  • 📲 WhatsApp: +977 970-9356107
यी सर्तहरू समय-समयमा अद्यावधिक हुन सक्नेछन्। नवीनतम संस्करण सधैँ यसै पृष्ठमा उपलब्ध हुनेछ।
१२१०११
--:--:--
आजवि.सं. ----ई.सं. --------
🌅 सूर्योदय--:--:--
🌇 सूर्यास्त--:--:--
📜 सूर्योदयकालीन विवरण
🔸 द्वितीय करणअन्त्य —घडी–पला —
🌗 चान्द्रमानेन / चान्द्र मास
📅 शालिवाहन शक
🏵️ संवत्सर
🌸 आनन्दादि योग
☀️ दिनमानघडी–पला —
🌙 रात्रिमानघडी–पला —
☀️ अयन
🍂 ऋतु
☀️ सूर्य राशि
🌙 चन्द्र राशि
♃ गुरु राशि
🕉️ गत कलि संवत् वर्ष
🔢 कली अहर्गण
🧭 अयनांश
☰ सम्पूर्ण मेनु

दिव्य ज्योतिषका सम्पूर्ण सुविधा

कुनै सुविधा भेटिएन।

🌍 मेदिनी ज्योतिष — देश–विदेश कुण्डली तथा फलादेश

राष्ट्र, राज्य, सरकार, अर्थतन्त्र, युद्ध, प्राकृतिक घटना, मौसम र विश्वपरिवेश अध्ययनका लागि छुट्टै विभाग। यहाँ व्यक्तिगत जन्मफल समावेश गरिएको छैन।

🗺️ देश/राष्ट्र कुण्डली

मान्य स्थापना/स्वतन्त्रता/संविधानको मिति, ठीक समय र स्थान राख्नुहोस्। फरक ऐतिहासिक आधारले फरक कुण्डली दिन सक्छ।

📚 यस विभागको क्षेत्र

यी परम्परागत मेदिनी ज्योतिषीय अनुसन्धान-सूत्र हुन्; निश्चित घटना, विपद्, युद्ध वा बजार परिणामको ग्यारेन्टी होइनन्। आधिकारिक सुरक्षा, मौसम, स्वास्थ्य र आर्थिक स्रोत अनिवार्य रूपमा जाँच्नुहोस्।

📖 मेदिनी फलादेश सूत्र

🌐

भाषा चयन गर्नुहोस्

यहाँ छानेको भाषा सम्पूर्ण एपमा लागू हुन्छ र अर्को पटक पनि सुरक्षित रहन्छ।

पछाडि जाने बटन

सानो पछाडि जाने चिन्ह देखाउनुहोस् वा लुकाउनुहोस्। चिन्हलाई तानेर स्क्रिनमा सार्न सकिन्छ।

डिजाइन तथा देखावट

अक्षर, कुण्डलीको आकार र पृष्ठभूमि रङ मिलाउनुहोस्।

कुण्डली Chart शैली

सम्पूर्ण एपमा देखिने कुण्डलीको बनावट छान्नुहोस्।

हालको Chart: उत्तर भारतीय
दिव्य ज्योतिष — जन्मकुण्डली
जन्म विवरण हाल्नुहोस् → प्रारम्भिक जानकारी, ग्रह स्पष्ट, कुण्डली र दशा एकै पृष्ठमा
📝 जन्म विवरण
📅 जन्म मिति — वि.सं. र ई.सं.
🇳🇵 विक्रम संवत् (BS)
🌐 ईस्वी संवत् (AD)
🕐 जन्म समय / इष्टकाल
: :
२४-घण्टे ढाँचा (०० देखि २३)। राति १२:३० बजे = ००:३०
📍 जन्म स्थान र समय क्षेत्र
🪐 वर्तमान मिति/समयको गोचर कुण्डली
लोड हुँदै...
🪐 लग्न (गोचर)
🌙 राशि (चन्द्र)
🏠 भाव चलित
🔮 KP कुण्डली
🌟 ग्रह स्थिति विवरण
ग्रह राशि अंश नक्षत्र अवस्था
📅 वर्तमान पञ्चाङ्ग
📜 सिद्धान्त:
गणना हुँदै...
⏱️ अन्तिम अपडेट:

🛰️ ग्रह सञ्चार — राशि, नक्षत्र र पाद प्रवेश समय

हरेक ग्रहले राशि ०°००′००″ प्रवेश गरेको क्षणदेखि ३°२०′ का प्रत्येक पाद-सीमा पार गर्दै ३०°००′००″ सम्म पुगेको समय, साथै ग्रहको उदय–अस्त र वक्री–मार्गी अवस्था एउटै सूचीमा।

मिति प्रकार:
🌍 विश्वको स्थान छान्नुहोस्
देश/सहर खोज्नुहोस् वा नक्साबाट विश्वको जुनसुकै ठाउँ छान्नुहोस्। अक्षांश–देशान्तरअनुसार timezone स्वतः मिल्छ।
📍 काठमाडौं · Asia/Kathmandu
ग्रह छान्नुहोस्
०%
📌 समय चयन गरिएको स्थानको स्थानीय समय हो। राशि-सन्धिमा पुरानो राशिको ३०°००′००″ र नयाँ राशिको ०°००′००″ एउटै क्षण देखाइन्छ। उदय/अस्त मंगल–बुध–बृहस्पति–शुक्र–शनिका शास्त्रीय अस्तांशबाट निकालिन्छ। अधिकतम अवधि ४ वर्ष।
मिति र ग्रह छानेर “ग्रह सञ्चार बनाउनुहोस्” थिच्नुहोस्।
🌌 Live सौर्यमण्डल आजको रियल-टाइम ग्रह गोचर
LIVE
निरयन (sidereal) स्थिति — तपाईंले रोजेको सिद्धान्त अनुसार। = बक्री। हरेक सेकेन्ड अपडेट।
🔗 आजका मुख्य दृष्टि / योग
प्रश्न कुण्डली (Prashna Kundali)
💡 प्रश्न कुण्डली — कुनै प्रश्न मनमा उठेको समय र स्थानको आधारमा बनाइने कुण्डली हो। यसबाट प्रश्नकर्ताले प्रश्नको हो/होइन उत्तर, फलादेश, र समयावधि (दशा) थाहा पाउन सक्छन्। प्रश्न ध्यानपूर्वक मनमा राख्नुहोस्, अनि "🔮 प्रश्न कुण्डली बनाउनुहोस्" थिच्नुहोस्।
📝 प्रश्न विवरण
प्रश्न सोध्ने तयार छ — तल "🔮 प्रश्न कुण्डली बनाउनुहोस्" थिच्नुहोस्।
💾 सेभ गरिएका कुण्डलीहरू
🔱 दिव्य ज्योतिष — सूर्य सिद्धान्त
: :
🔍
वा नेपाल जिल्ला छान्नुहोस्:
💡 Location search गरेपछि timezone automatic set हुन्छ। माथिबाट manual पनि छान्न सकिन्छ।
👤 व्यक्तिगत विवरण
🏛️ ज्योतिषी विवरण
📅 दैनिक पञ्चाङ्ग
📜 गणना सिद्धान्त:
☀️ यो पञ्चाङ्ग सूर्योदयकालीन गणना गर्छ — ग्रह स्पष्ट सूर्योदयको समयमा र सूर्य जुन राशिमा छन् त्यही राशि लग्न मानिन्छ।
🔍
वा नेपाल जिल्ला:
🗓️ नेपाली पात्रो
📜 गणना सिद्धान्त:
📍 स्थान (तिथि/नक्षत्र/घडी पला गणनाका लागि):
🔍
वा नेपाल जिल्ला:
अक्षांश:
देशान्तर:
📍 काठमाडौँ (२७.७°उ, ८५.३°पू)
आइत आइतवार शनि शनिवार आजको मिति शु३ तिथि (शुक्ल/कृष्ण) 👆 मितिमा थिच्नुहोस् — विस्तृत पञ्चाङ्ग हेर्न
💑 दिव्य ज्योतिष — विवाह मिलान (अष्टकूट + दोष + कुण्डली + दशा)
📜 गणना सिद्धान्त:
मिलान विधि
💾 सुरक्षित विवाह मिलान
🙍 वर (दुलहा)
📂 चिना टिप्पणीमा सुरक्षित कुण्डली
: :
🔍
वा जिल्ला:
💡 स्थान छान्दा automatic सेट हुन्छ; चाहेमा manual बदल्न सकिन्छ।
🙍‍♀️ वधू (दुलही)
📂 चिना टिप्पणीमा सुरक्षित कुण्डली
: :
🔍
वा जिल्ला:
💡 स्थान छान्दा automatic सेट हुन्छ; चाहेमा manual बदल्न सकिन्छ।
🦁 सिंह राशिको वश्य वर्ग: (रोजेको विकल्प स्वतः सम्झिन्छ)
🏛️ ज्योतिषी विवरण — प्रोफाइल सेटिङ
⚠️ यहाँ राखिएको विवरण सबै चिना टिप्पणीको फुटरमा स्वतः देखिन्छ। एकपटक सेभ गर्नुहोस् — सधैँका लागि रहन्छ।
👁️ चिना टिप्पणीमा यसरी देखिन्छ
🧩 Grid filling choices are directly below Date of Birth and Gender.

🧭 योगिनी दिशा विचार

वार तथा तिथि अनुसार शुभ यात्रा, विवाह, गृहप्रवेश दिशा निर्णय

📅 वार छनोट गर्नुहोस्
📋 सम्पूर्ण वार — योगिनी दिशा तालिका
वारयोगिनीग्रहदिशाफल/विचार
🗺️ वार दिशा चक्र
उत्तर दक्षिण पश्चिम पूर्व वायव्य ईशान नैऋत्य आग्नेय वार दिशा आइ सो मं बु बि शु
🚩 यात्रामा योगिनी र चन्द्रमा विचार — शास्त्रोक्त नियम

शास्त्र अनुसार कुनै पनि शुभ कार्य वा विशेष यात्रामा निस्कनु अघि योगिनी र चन्द्रमाको स्थिति विचार गर्नु अत्यन्त फलदायी मानिन्छ। यात्रा सफल र सुखद बनाउन निम्न नियम पालना गर्नु शुभ हुन्छ।

१. 🧭 योगिनी विचार (Yogini Vichar)

योगिनीलाई जहिले पनि देब्रे (बायाँ) वा पछाडि (पृष्ठ) पारेर यात्रा सुरु गर्नु उत्तम हुन्छ। योगिनी अगाडि वा दायाँ हुनुलाई शुभ मानिँदैन।

📜 शास्त्रोक्त प्रमाण (नारद पुराण):

योगिनी सुखदा बामे, पृष्ठे इच्छा दायनी ।
दाहिने धनहन्त्रि स्यात्, सन्मुखे मरणम् ध्रुवम् ॥

योगिनीको स्थिति फल
🔵 बायाँ (देब्रे) सुख दिने।
🟢 पृष्ठ (पछाडि) चिताएको इच्छा पूरा गर्ने।
🟡 दायाँ (दाहिने) धन हानि गराउने।
🔴 सम्मुख (अगाडि) कष्ट वा मृत्युतुल्य बाधा दिने।
२. 🌙 चन्द्रमा विचार (Chandra Vichar)

योगिनीको ठीक विपरीत, चन्द्रमालाई भने जहिले पनि अगाडि (सम्मुख) वा दायाँ (दाहिने) पारेर यात्रा गर्नुपर्छ।

चन्द्रमाको स्थिति फल
🟢 अगाडि (सम्मुख) अर्थ लाभ (धन प्राप्ति)।
🟡 दाहिने (दायाँ) सुख र सिद्धि।
🔴 बायाँ वा पछाडि कष्ट र धन हानि।

🔑 सार: यात्रा सुरु गर्दा — योगिनी बायाँ/पछाडिचन्द्रमा अगाडि/दायाँ पर्ने गरी प्रस्थान गर्नुलाई सर्वोत्तम शुभ मानिन्छ।

📖 योगिनी दिशा — महत्त्व र उपयोग

योगिनी दिशा विचार प्रमुखतः यात्रा, विवाह, गृहप्रवेश, व्यापार आरम्भ, नयाँ कार्य शुरुवात आदि शुभ कार्यमा गरिन्छ। यात्रा वा कार्य प्रारम्भ गर्दा योगिनी कुन दिशामा छिन् भन्ने थाहा पाएर सोही अनुसार दिशा छनोट गर्नु आवश्यक मानिन्छ।

🎯 मुख्य नियम:
  • योगिनी जहाँ छिन् त्यही दिशातर्फ पिठ्यूँ फर्काएर वा बायाँ पारेर यात्रा गर्नु शुभ हुन्छ।
  • योगिनी स्थित दिशातर्फ सोझै सम्मुख (अगाडि) वा दायाँ पारेर यात्रा गर्नु अशुभ मानिन्छ।
  • वार र तिथि दुवैको दिशा एकै हुँदा सर्वोत्तम मानिन्छ। दुवै दिशा फरक भए वारलाई प्रमुख र तिथिलाई सहायक मानिन्छ।

🛕 विशेष: शुभ कार्यमा योगिनी विचार सँगै चन्द्रमा विचार पनि मिलाएर हेर्दा फल अझै शुभ हुन्छ भन्ने परम्परागत शास्त्रीय मान्यता छ।

🕉️ थर–गोत्र–प्रवर सङ्ग्रह

नेपाली परम्परा अनुसार थर र गोत्रको खोज एवं विवरण

📜 नोट: यो सूची नेपाली परम्परा अनुसारको सङ्ग्रह हो। एउटै थरका व्यक्तिहरूको गोत्र क्षेत्र अनुसार फरक हुन सक्छ। निश्चित जानकारीका लागि कुलगुरु वा परिवारका पुर्खाहरूसँग सोधपुछ गर्नुहोस्।
📿 दैनिक संकल्प — पूजा/अनुष्ठान
🕉️ निर्देशन: तल आफ्नो गोत्र, नाम, देवता र स्थान भर्नुहोस्। मिति, तिथि, नक्षत्र, योग, करण, वासर, पक्ष, मास, संवत्सर, राशिहरू — दैनिक रुपमा स्वतः अपडेट हुनेछ। तपाईं चाहेमा सम्पादन पनि गर्न सक्नुहुन्छ। तयार भएपछि "📋 संकल्प तयार गर्नुहोस्" मा क्लिक गर्नुहोस्।
📅 आजको पंचाङ्ग विवरण
🪐 ग्रह राशि (सूर्य/चन्द्र/गुरु)
⏱️ स्वत: अद्यावधिक: मिति, तिथि, नक्षत्र, योग, करण, वार, पक्ष, मास, संवत्सर, ग्रह राशि — दैनिक रुपमा स्वतः अपडेट हुनेछ।
📚 शास्त्र-सन्दर्भ: निर्णयसिन्धु, धर्मसिन्धु, संस्कार-रत्नमाला, पुरश्चरण-चन्द्रिका। सबै शुभ कार्यको आरम्भमा "संकल्प" गर्ने विधि ब्रह्म-यज्ञोक्त छ।
🪔 सम्पूर्ण स्वस्तिवाचन (शान्ति-पाठ) — ११ मन्त्र
🕉️ स्वस्तिवाचन परिचय: स्वस्तिवाचन (वा शान्ति-पाठ) सबै शुभ कार्य, यज्ञ-अनुष्ठान, पूजा र संस्कारको आरम्भमा गरिने वैदिक मन्त्र-पाठ हो। यसले देह, मन र वातावरण शुद्ध गरी अकल्याण र अशुभलाई दूर गर्छ, र देवताहरूको कृपा आह्वान गर्छ। यी ११ मन्त्र मुख्यतः ऋग्वेद १.८९ सूक्त (मन्त्र १-१०) र यजुर्वेद ३६.१७ (मन्त्र ११) बाट सङ्कलित छन्।
🪔 मन्त्र-१ (कल्याणकारी विचारहरूको आह्वान)
ॐ आ नो भद्राः क्रतवो यन्तु विश्वतोऽदब्धासो अपरीतास उद्भिदः।
देवा नो यथा सदमिद्वृधे असन्नप्रायुवो रक्षितारो दिवे-दिवे॥
अर्थ: हाम्रो चारैतिरबाट यस्ता कल्याणकारी विचार आइरहून् जुन कसैले प्रभावित गर्न नसकोस्, कतैबाट बाधित नहोस् र अज्ञात विषयलाई प्रकट गर्ने होऊन्। प्रगति बाधित नगर्ने तथा सधैं रक्षामा तत्पर देवताहरू प्रतिदिन हाम्रो वृद्धिको लागि तत्पर रहून्।
(ऋग्वेद १.८९.१)
🪔 मन्त्र-२ (देवताहरूको मैत्री)
ॐ देवानां भद्रा सुमतिर्ऋजूयतां देवानां रातिरभि नो निवर्तताम्।
देवानां सख्यमुपसेदिमा वयं देवा न आयुः प्रतिरन्तु जीवसे॥
अर्थ: यजमानको इच्छा राख्ने देवताहरूको कल्याणकारी श्रेष्ठ बुद्धि सधैं हाम्रो सम्मुख रहोस्, देवताहरूको दान हामीलाई प्राप्त होस्, हामी देवताहरूको मित्रता प्राप्त गरौं, देवताहरू हाम्रो आयुमा जीवनको निमित्त वृद्धि गरून्।
(ऋग्वेद १.८९.२)
🪔 मन्त्र-३ (देवताहरूको आह्वान)
ॐ तान् पूर्वया निविदा हूमहे वयं भगं मित्रमदितिं दक्षमस्रिधम्।
अर्यमणं वरुणं सोममश्विना सरस्वती नः सुभगा मयस्करत्॥
अर्थ: हामी वेदरूप सनातन वाणीद्वारा अच्युतरूप भग, मित्र, अदिति, प्रजापति, अर्यमण, वरुण, चन्द्रमा एवं अश्विनीकुमारहरूको आवाहन गर्छौं। ऐश्वर्यमयी सरस्वती महावाणी हामीलाई सबै प्रकारको सुख प्रदान गर्नुहोस्।
(ऋग्वेद १.८९.३)
🪔 मन्त्र-४ (वायु र औषधि प्राप्ति)
ॐ तन्नो वातो मयो भुवातु भेषजं तन्माता पृथिवी तत्पिता द्यौः।
तद् ग्रावाणः सोमसुतो मयोभुवस्तदश्विना शृणुतं धिष्ण्या युवम्॥
अर्थ: वायुदेवता हामीलाई सुखकारी औषधिहरू प्राप्त गराऊन्। माता पृथ्वी एवं पिता स्वर्गले पनि हामीलाई सुखकारी औषधि प्रदान गरून्। सोमको अभिषव गर्ने सुखदाता ग्रावाले त्यो औषधरूप अदृष्टलाई प्रकट गरून्। हे अश्विनी-कुमारहरू! तपाईं दुवै सबैको आधार हुनुहुन्छ, हाम्रो प्रार्थना स्वीकार गर्नुहोस्।
(ऋग्वेद १.८९.४)
🪔 मन्त्र-५ (रक्षा र वृद्धि)
ॐ तमीशानं जगतस्तस्थुषस्पतिं धियञ्जिन्वमवसे हूमहे वयम्।
पूषा नो यथा वेदसामसद् वृधे रक्षिता पायुरदब्धः स्वस्तये॥
अर्थ: हामी स्थावर-जङ्गमका स्वामी, बुद्धिलाई सन्तोष प्रदान गर्ने रुद्रदेवताको रक्षाको निमित्त आवाहन गर्छौं। वैदिक ज्ञान एवं धनको रक्षा गर्ने, पुत्र आदिका पालक, अविनाशी पुष्टि-कर्ता देवता हाम्रो वृद्धि एवं कल्याणको निमित्त होऊन्।
(ऋग्वेद १.८९.५)
🪔 मन्त्र-६ (इन्द्रादि देवताहरूसँग स्वस्तिकामना) — ★ मुख्य स्वस्ति-मन्त्र
ॐ स्वस्ति न इन्द्रो वृद्धश्रवाः स्वस्ति नः पूषा विश्ववेदाः।
स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु॥
अर्थ: महती कीर्ति भएका ऐश्वर्यशाली इन्द्रले हाम्रो कल्याण गरून्, संसारको ज्ञान भएको र सबै पदार्थमा स्मरण गरिने, समस्त प्राणीहरूका पोषणकर्ता पूषा (सूर्य)ले हाम्रो कल्याण गरून्। जसको चक्रधारा समान गतिलाई कसैले रोक्न सक्दैन, ती गरुड़देवले हाम्रो कल्याण गरून्। वेदवाणीका स्वामी बृहस्पतिले हाम्रो कल्याण गरून्।
(ऋग्वेद १.८९.६) — यो सबैभन्दा प्रसिद्ध स्वस्तिवाचन-मन्त्र हो
🪔 मन्त्र-७ (मरुद्गण र विश्वेदेवको आह्वान)
ॐ पृषदश्वा मरुतः पृश्निमातरः शुभं यावानो विदथेषु जग्मयः।
अग्निजिह्वा मनवः सूरचक्षसो विश्वे नो देवा अवसा गमन्निह॥
अर्थ: चितकबरे रङ्गका घोडाहरूका, अदिति माताबाट उत्पन्न, सबैको कल्याण गर्ने, यज्ञशालामा जाने, अग्निरूपी जिह्वा भएका, सर्वज्ञ, सूर्यरूप नेत्र भएका मरुद्गण एवं विश्वेदेव देवताहरू हविरूप अन्न ग्रहण गर्नका लागि हाम्रो यो यज्ञमा पाल्नुहोस्।
(ऋग्वेद १.८९.७)
🪔 मन्त्र-८ (कल्याणकारी श्रवण-दर्शन)
ॐ भद्रं कर्णेभिः शृणुयाम देवाः भद्रं पश्येमाक्षभिर्यजत्राः।
स्थिरैरङ्गैस्तुष्टुवाँ सस्तनूभिर्व्यशेम देवहितं यदायुः॥
अर्थ: हे यजमानका रक्षक देवताहरू! हामी दृढ अङ्ग भएका शरीरबाट पुत्र आदिसँग मिलेर तपाईंको स्तुति गर्दै कानले कल्याणपूर्ण वचनहरूको श्रवण गरौं, नेत्रहरूले कल्याणमयी वस्तुहरूको दर्शन गरौं, देवताहरूको उपासना-योग्य आयु प्राप्त गरौं।
(ऋग्वेद १.८९.८)
🪔 मन्त्र-९ (शतायुको प्रार्थना)
ॐ शतमिन्नु शरदो अन्ति देवा यत्रा नश्चक्रा जरसं तनूनाम्।
पुत्रासो यत्र पितरो भवन्ति मा नो मध्या रीरिषतायुर्गन्तोः॥
अर्थ: हे देवताहरू! तपाईं सय वर्षको आयु-पर्यन्त हाम्रो समीप रहनुहोस्, जुन आयुमा हाम्रो शरीरलाई जरावस्था प्राप्त होस्, जुन आयुमा हाम्रा पुत्रहरू पिता अर्थात् पुत्रवान् बनून्, हाम्रो त्यो गमनशील आयुलाई तपाईं बीचमा खण्डित हुन नदिनुहोस्।
(ऋग्वेद १.८९.९)
🪔 मन्त्र-१० (अदिति-सर्वव्यापिनी पराशक्ति)
ॐ अदितिर्द्यौरदितिरन्तरिक्षमदितिर्माता स पिता स पुत्रः।
विश्वेदेवा अदितिः पञ्च जना अदितिर्जातमदितिर्जनित्वम्॥
अर्थ: अखण्डित पराशक्ति स्वर्ग हो, त्यही अन्तरिक्ष-रूप हो, त्यही पराशक्ति माता-पिता एवं पुत्र पनि हो। समस्त देवताहरू पराशक्तिकै स्वरूप हुन्, अन्त्यज सहित चारै वर्णका सबै मनुष्य पराशक्तिमय हुन्, जो उत्पन्न भइसकेको छ र जो उत्पन्न हुनेछ, सबै पराशक्तिकै स्वरूप हुन्।
(ऋग्वेद १.८९.१०)
🪔 मन्त्र-११ (अन्तिम शान्ति-पाठ) — ★ समापन मन्त्र
ॐ द्यौः शान्तिरन्तरिक्षँ शान्तिः, पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्तिः।
वनस्पतयः शान्तिर्विश्वेदेवाः शान्तिर्ब्रह्म शान्तिः, सर्वँ शान्तिः, शान्तिरेव शान्तिः, सा मा शान्तिरेधि॥
ॐ शान्तिः शान्तिः शान्तिः॥
अर्थ: द्युलोक शान्तिमय होस्, अन्तरिक्षलोक शान्तिमय होस्, पृथ्वी शान्तिमय होस्, जल शान्तिमय होस्, औषधिहरू शान्तिमय होऊन्, वनस्पतिहरू शान्तिमय होऊन्, विश्वेदेवहरू शान्तिमय होऊन्, ब्रह्म शान्तिमय होस्, सबै शान्तिमय होस्, शान्ति नै शान्ति होस्, त्यो शान्ति मलाई प्राप्त होस्। ॐ शान्ति, शान्ति, शान्ति।
(यजुर्वेद ३६.१७) — यो सम्पूर्ण शान्ति-पाठको समापन मन्त्र हो
🙏 ॐ शान्तिः शान्तिः शान्तिः 🙏
— सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः —
📚 शास्त्र-सन्दर्भ: ऋग्वेद १.८९.१-१० (स्वस्ति-सूक्त), यजुर्वेद ३६.१७ (शान्ति-पाठ)। ब्राह्म र वैष्णव सम्प्रदायका कर्मकाण्ड-पद्धति, निर्णयसिन्धु, धर्मसिन्धु अनुसार स्वस्तिवाचन सङ्कल्प पछि र गणपति पूजन अघि गरिनुपर्छ।
🌸 श्री अच्युताष्टकम् — श्रीमच्छङ्कराचार्य विरचित
🕉️ अच्युताष्टक परिचय: अच्युताष्टक भगवान् श्री विष्णु (अच्युत, केशव, राम, कृष्ण, नारायण आदि नामहरूले विभूषित) को स्तुति-स्तोत्र हो। यो आदि शङ्कराचार्यद्वारा रचित अष्ट-श्लोकी (८ श्लोक + १ फलश्रुति) महिमामय भक्तिपूर्ण स्तोत्र हो। दैनिक पाठले भगवान् अच्युत — जो कहिल्यै च्युत (पतित) हुनुहुन्न — प्रसन्न भएर भक्तलाई आत्मसात् गर्नुहुन्छ भन्ने यसको फलश्रुति छ। प्रत्येक श्लोकमा भगवान्का विभिन्न लीला, रूप र नामहरूको स्तुति गरिएको छ।
🌸 श्लोक-१ (अच्युत-केशव-राम-कृष्ण नाम-स्तुति)
अच्युतं केशवं रामनारायणं कृष्णदामोदरं वासुदेवं हरिम्।
श्रीधरं माधवं गोपीकावल्लभं जानकीनायकं रामचन्द्रं भजे ॥१॥
अर्थ: म अच्युत (कहिल्यै पतित नहुने), केशव (केशी राक्षसका नाशक), राम-नारायण, कृष्ण-दामोदर, वासुदेव, हरि, श्रीधर (श्रीलक्ष्मीधारक), माधव (मा-लक्ष्मीका धव/स्वामी), गोपीहरूका प्रिय, जानकीनाथ रामचन्द्र भगवान्‌लाई भज्छु।
(अच्युताष्टकम् १)
🌸 श्लोक-२ (सत्यभामा-राधा-इन्दिरा-प्रिय स्तुति)
अच्युतं केशवं सत्यभामाधवं माधवं श्रीधरं राधिकाराधितम्।
इन्दिरामन्दिरं चेतसा सुन्दरं देवकीनन्दनं नन्दजं सन्दधे ॥२॥
अर्थ: अच्युत, केशव, सत्यभामाका स्वामी (माधव), श्रीधर, राधिकाद्वारा आराधित, इन्दिरा (लक्ष्मी)का मन्दिर (निवासस्थान) स्वरूप, चित्त-मनोहर सुन्दर, देवकीका नन्दन (पुत्र), नन्दजं (नन्दबाबाका पालित) भगवान्‌लाई म आफ्नो हृदयमा धारण गर्छु।
(अच्युताष्टकम् २)
🌸 श्लोक-३ (शङ्ख-चक्र-वंशीधर — नमस्कार)
विष्णवे जिष्णवे शङ्खिने चक्रिणे रुक्मिणीरागिणे जानकीजानये।
बल्लवीवल्लभायाऽर्चितायात्मने कंसविध्वंसिने वंशिने ते नमः ॥३॥
अर्थ: सर्वव्यापक विष्णु, सदा विजयी (जिष्णु), शङ्ख-धारी, चक्र-धारी, रुक्मिणीप्रति अनुरक्त, जानकीका स्वामी (पति), गोपीहरूका प्रिय, सम्पूर्ण भक्तहरूद्वारा अर्चित परमात्मा, कंसको विध्वंस गर्नुहुने, बाँसुरी-धारी — त्यस्ता प्रभु तपाईंलाई मेरो नमस्कार छ।
(अच्युताष्टकम् ३)
🌸 श्लोक-४ (द्वारकानायक-द्रौपदी-रक्षक नाम-कीर्तन)
कृष्ण गोविन्द हे राम नारायण श्रीपते वासुदेवाजित श्रीनिधे।
अच्युतानन्त हे माधवाधोक्षज द्वारकानायक द्रौपदीरक्षक ॥४॥
अर्थ: हे कृष्ण! हे गोविन्द (गाई र इन्द्रियहरूका रक्षक)! हे राम! हे नारायण! हे श्रीपते (लक्ष्मीपति)! हे वासुदेव! हे अजित (कसैद्वारा नजितिने)! हे श्रीनिधे (शोभाका भण्डार)! हे अच्युत! हे अनन्त! हे माधव! हे अधोक्षज (इन्द्रियातीत)! हे द्वारकानायक! हे द्रौपदीका रक्षक! — यी सबै तपाईंकै नाम र महिमा हुन्।
(अच्युताष्टकम् ४)
🌸 श्लोक-५ (राघव-रूप — रक्षा-प्रार्थना)
राक्षसक्षोभितः सीतया शोभितो दण्डकारण्यभूपुण्यताकारणः।
लक्ष्मणेनान्वितो वानरैः सेवितोऽगस्त्यसम्पूजितो राघवः पातु माम् ॥५॥
अर्थ: राक्षसहरूलाई क्षुब्ध पार्ने (त्रसित गर्ने), सीतासँग शोभायमान, दण्डकारण्यको भूमि-पवित्रताका कारण, लक्ष्मणसँग सहित, वानरहरूद्वारा सेवित, अगस्त्य मुनिद्वारा सम्पूजित राघव (श्री राम) ममा रक्षा गर्नुहोस्।
(अच्युताष्टकम् ५)
🌸 श्लोक-६ (बालगोपाल-कृष्ण-लीला)
धेनुकारिष्टकोऽनिष्टकृद् द्वेषिणां केशिहा कंसहृद् वंशिकावादकः।
पूतनाकोपकः सूरजाखेलनो बालगोपालकः पातु मां सर्वदा ॥६॥
अर्थ: धेनुक र अरिष्ट (बकासुर) राक्षसहरूको नाशक, द्वेषीहरूको अनिष्टकर्ता, केशी-घातक, कंस-हन्ता, बाँसुरी-वादक, पूतनाप्रति क्रुद्ध, यमुना (सूरजा)-तीरमा खेल्ने बालगोपाल — सधैं ममा रक्षा गर्नुहोस्।
(अच्युताष्टकम् ६)
🌸 श्लोक-७ (मेघश्याम-कमल-नयन रूप-वर्णन)
विद्युदुद्योतवान् प्रस्फुरद्वाससं प्रावृडम्भोदवत् प्रोल्लसद्विग्रहम्।
वन्यया मालया शोभितोरःस्थलं लोहिताङ्घ्रिद्वयं वारिजाक्षं भजे ॥७॥
अर्थ: विद्युत्-समान चमकिलो पीताम्बर पहिरिनुभएको, वर्षा-कालका मेघसमान सुशोभित श्याम-विग्रह, वनमालाद्वारा अलङ्कृत वक्षःस्थल भएको, रक्तवर्ण चरण-युगल भएको, कमल-नयन भगवान्‌लाई म भज्छु।
(अच्युताष्टकम् ७)
🌸 श्लोक-८ (कुन्तल-कुण्डल-हार-किङ्किणी रूप)
कुञ्चितैः कुन्तलैर्भ्राजमानाननं रत्नमौलिं लसत्कुण्डलं गण्डयोः।
हारकेयूरकं कङ्कणप्रोज्ज्वलं किङ्किणीमञ्जुलं श्यामलं तं भजे ॥८॥
अर्थ: घुँघुरालो केश-कलापले शोभायमान मुख भएको, रत्नजडित मुकुट धारण गर्नुभएको, गालामा झलमलाउने कुण्डल भएको, हार र केयूर (बाहु-भूषण) सहित, कङ्कण (कङ्गन)ले प्रोज्ज्वल, किङ्किणी (घुँघुरु)-को मधुर ध्वनिले मञ्जुल — त्यो श्यामवर्ण भगवान्‌लाई म भज्छु।
(अच्युताष्टकम् ८)
🌸 श्लोक-९ (फलश्रुति) — ★ समापन
अच्युतस्याष्टकं यः पठेदिष्टदं प्रेमतः प्रत्यहं पूरुषः सस्पृहम्।
वृत्ततः सुन्दरं कर्तृविश्वम्भरं तस्य वश्यो हरिर्जायते सत्वरम् ॥९॥
॥ इति श्रीमच्छङ्कराचार्यविरचितं अच्युताष्टकं सम्पूर्णम् ॥
अर्थ (फलश्रुति): जुन पुरुषले इष्ट-कामना पूरा गर्ने यो अच्युताष्टक नित्य प्रति-दिन प्रेम र श्रद्धाका साथ पाठ गर्छ — सुन्दर वृत्त (छन्द)मा बद्ध, समस्त विश्वलाई धारण गर्नुहुने भगवान्को स्तुति गर्ने त्यो भक्तप्रति श्री हरि शीघ्र (तुरुन्तै) वशीभूत हुनुहुन्छ।
(अच्युताष्टकम् ९ — फलश्रुति)
🙏 ॐ नमो भगवते वासुदेवाय 🙏
— हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे। हरे राम हरे राम राम राम हरे हरे॥ —
📚 शास्त्र-सन्दर्भ: श्री अच्युताष्टकम् — आदि शङ्कराचार्य (श्रीमच्छङ्कराचार्य) विरचित ८ श्लोक + १ फलश्रुति। वैष्णव सम्प्रदायमा नित्य पाठ-योग्य लघु स्तोत्रहरूमध्ये यो प्रमुख छ। प्रत्येक श्लोकमा भगवान् विष्णुका विभिन्न नाम, रूप र लीलाहरूको स्तुति गरिएको छ।
🪐 नवग्रह पूजन विधि — आह्वान, प्रतिष्ठा र प्रार्थना
🕉️ नवग्रह पूजन परिचय: नवग्रह पूजन सबै यज्ञ-अनुष्ठान, ग्रह-शान्ति, गृह-प्रवेश, विवाह, उपनयन आदि शुभ कार्यहरूमा गरिने वैदिक पूजन-विधि हो। प्रत्येक ग्रहको आफ्नै वैदिक मन्त्र, ध्यान-श्लोक, उत्पत्ति-स्थान, गोत्र र वर्ण अनुसार आह्वान-स्थापना गरिन्छ। यसपछि नवग्रह प्रतिष्ठा र अन्तमा सबै ग्रहहरूको शान्ति-कामनाको प्रार्थना गरिन्छ। यो विधिले ग्रहहरूको कृपा प्राप्त गरी कार्य-सिद्धि तथा सर्वकल्याण हुने विश्वास छ।
☀️ १. सूर्य — आह्वान
देश: कलिंग  |  गोत्र: कश्यप  |  वर्ण: रक्त (रातो)
ॐ आ कृष्णेन रजसा वर्तमानो निवेशयन्नमृतं मर्त्यं च।
हिरण्येन सविता रथेना देवो याति भुवनानि पश्यन्‌॥
जपाकुसुमसंकाशं काश्यपेयं महाद्युतिम्‌।
तमोऽरिं सर्वपापघ्नं सूर्यमावाहयाम्यहम्‌॥
ॐ भूर्भुवः स्वः कलिङ्गदेशोद्भव कश्यपगोत्र रक्तवर्ण भो सूर्य! इहागच्छ, इहतिष्ठ।
ॐ सूर्याय नमः, श्रीसूर्यमावाहयामि स्थापयामि च॥
🌙 २. चन्द्र (सोम) — आह्वान
उत्पत्ति: यमुनातीर  |  गोत्र: आत्रेय  |  वर्ण: शुक्ल (श्वेत)
ॐ इमं देवा असपत्न(गुँ) सुवध्वं महते क्षत्राय महते ज्यैष्ठ्याय
महते जानराज्यायेन्द्रस्येन्द्रियाय।
इमममुष्य पुत्रममुष्यै पुत्रमस्यै विश एष वोऽमी राजा
सोमोऽस्माकं ब्राह्मणाना(गुँ) राजा॥
दधिशङ्खतुषाराभं क्षीरोदार्णवसम्भवम्‌।
ज्योत्स्नापतिं निशानाथं सोममावाहयाम्यहम्‌॥
ॐ भूर्भुवः स्वः यमुनातीरोद्भव आत्रेयगोत्र शुक्लवर्ण भो सोम! इहागच्छ, इहतिष्ठ।
ॐ सोमाय नमः, सोममावाहयामि स्थापयामि च॥
🔴 ३. मंगल (भौम) — आह्वान
देश: अवन्ती  |  गोत्र: भारद्वाज  |  वर्ण: रक्त (रातो)
ॐ अग्निर्मूर्धा दिवः ककुत्पतिः पृथिव्या अयम्‌।
अपा(गुँ) रेता(गुँ)सि जिन्वति॥
धरणीगर्भसम्भूतं विद्युत्तेजःसमप्रभम्‌।
कुमारं शक्तिहस्तं च भौममावाहयाम्यहम्‌॥
ॐ भूर्भुवः स्वः अवन्तिदेशोद्भव भारद्वाजगोत्र रक्तवर्ण भो भौम! इहागच्छ, इहतिष्ठ।
ॐ भौमाय नमः, भौममावाहयामि स्थापयामि च॥
🟢 ४. बुध — आह्वान
देश: मगध  |  गोत्र: आत्रेय  |  वर्ण: पीत (पहेँलो)
ॐ उद्बुध्यस्वाग्ने प्रति जागृहि त्वमिष्टापूर्ते स(गुँ)सृजेथामयं च।
अस्मिन्त्सधस्थे अध्युत्तरस्मिन्‌ विश्वे देवा यजमानश्च सीदत॥
प्रियङ्गुकलिकाभासं रूपेणाप्रतिमं बुधम्‌।
सौम्यं सौम्यगुणोपेतं बुधमावाहयाम्यहम्‌॥
ॐ भूर्भुवः स्वः मगधदेशोद्भव आत्रेयगोत्र पीतवर्ण भो बुध! इहागच्छ, इहतिष्ठ।
ॐ बुधाय नमः, बुधमावाहयामि स्थापयामि च॥
🟡 ५. बृहस्पति (गुरु) — आह्वान
उत्पत्ति: सिन्धु-तट  |  गोत्र: आङ्गिरस  |  वर्ण: पीत (पहेँलो)
ॐ बृहस्पते अति यदर्यो अर्हाद् द्युमद्विभाति क्रतुमज्जनेषु।
यद्दीदयच्छवस ऋतप्रजात तदस्मासु द्रविणं धेहि चित्रम्‌॥
उपयामगृहीतोऽसि बृहस्पतये त्वैष ते योनिर्बृहस्पतये त्वा।
देवानां च ऋषीणां च गुरुं काञ्चनसन्निभम्‌।
वन्दनीयं त्रिलोकानां गुरुमावाहयाम्यहम्‌॥
ॐ भूर्भुवः स्वः सिन्धुदेशोद्भव आङ्गिरसगोत्र पीतवर्ण भो गुरो! इहागच्छ, इहतिष्ठ।
ॐ बृहस्पतये नमः, बृहस्पतिमावाहयामि स्थापयामि च॥
⚪ ६. शुक्र (भार्गव) — आह्वान
देश: भोजकट  |  गोत्र: भार्गव  |  वर्ण: शुक्ल (श्वेत)
ॐ अन्नात्परिस्रुतो रसं ब्रह्मणा व्यपिबत्क्षत्रं पयः सोमं प्रजापतिः।
ऋतेन सत्यमिन्द्रियं विपानं(गुँ) शुक्रमन्धस इन्द्रस्येन्द्रियमिदं पयोऽमृतं मधु॥
हिमकुन्दमृणालाभं दैत्यानां परमं गुरुम्‌।
सर्वशास्त्रप्रवक्तारं भार्गवमावाहयाम्यहम्‌॥
ॐ भूर्भुवः स्वः भोजकटदेशोद्भव भार्गवगोत्र शुक्लवर्ण भो शुक्र! इहागच्छ, इहतिष्ठ।
ॐ शुक्राय नमः, शुक्रमावाहयामि स्थापयामि च॥
⚫ ७. शनि (शनैश्चर) — आह्वान
देश: सौराष्ट्र  |  गोत्र: कश्यप  |  वर्ण: कृष्ण (कालो)
ॐ शं नो देवीरभिष्टय आपो भवन्तु पीतये।
शं योरभि स्रवन्तु नः॥
नीलाञ्जनसमाभासं रविपुत्रं यमाग्रजम्‌।
छायामार्तण्डसम्भूतं शनिमावाहयाम्यहम्‌॥
ॐ भूर्भुवः स्वः सौराष्ट्रदेशोद्भव कश्यपगोत्र कृष्णवर्ण भो शनैश्चर! इहागच्छ, इहतिष्ठ।
ॐ शनैश्चराय नमः, शनैश्चरमावाहयामि स्थापयामि च॥
🌑 ८. राहु — आह्वान
उत्पत्ति: रठिनपुर  |  गोत्र: पैठीनस  |  वर्ण: कृष्ण (कालो)
ॐ कया नश्चित्र आ भुवदूती सदावृधः सखा।
कया शचिष्ठया वृता॥
अर्धकायं महावीर्यं चन्द्रादित्यविमर्दनम्‌।
सिंहिकागर्भसम्भूतं राहुमावाहयाम्यहम्‌॥
ॐ भूर्भुवः स्वः रठिनपुरोद्भव पैठीनसगोत्र कृष्णवर्ण भो राहो! इहागच्छ, इहतिष्ठ।
ॐ राहवे नमः, राहुमावाहयामि स्थापयामि च॥
💨 ९. केतु — आह्वान
उत्पत्ति: अन्तर्वेदी  |  गोत्र: जैमिनि  |  वर्ण: धूम्र (धुवाँ-रङ्ग)
ॐ केतुं कृण्वन्नकेतवे पेशो मर्या अपेशसे।
समुषद्भिरजायथाः॥
पलाशधूम्रसङ्काशं तारकाग्रहमस्तकम्‌।
रौद्रं रौद्रात्मकं घोरं केतुमावाहयाम्यहम्‌॥
ॐ भूर्भुवः स्वः अन्तर्वेदीसमुद्भव जैमिनिगोत्र धूम्रवर्ण भो केतो! इहागच्छ, इहतिष्ठ।
ॐ केतवे नमः, केतुमावाहयामि स्थापयामि च॥
🕉️ १०. नवग्रह प्रतिष्ठा
विवरण: सबै नौ ग्रहहरूको आह्वान-स्थापना सम्पन्न भएपछि प्रतिष्ठा-मन्त्र पाठ गरिन्छ।
ॐ मनो जूतिर्जुषतामाज्यस्य बृहस्पतिर्यज्ञमिमं तनोत्वरिष्टं यज्ञ(गुँ) समिमं दधातु।
विश्वे देवास इह मादयन्ताम् ॐ प्रतिष्ठ॥
🙏 ११. नवग्रह प्रार्थना — ★ समापन
विवरण: सबै नवग्रहहरू शान्तिकारी एवं अनुकूल हुन भनेर अन्तिम प्रार्थना।
ॐ ब्रह्मा मुरारिस्त्रिपुरान्तकारी भानुः शशी भूमिसुतो बुधश्च।
गुरुश्च शुक्रः शनिराहुकेतवः सर्वे ग्रहाः शान्तिकरा भवन्तु॥
सूर्यः शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलः
सद्बुद्धिं च बुधो गुरुश्च गुरुतां शुक्रः सुखं शं शनिः।
राहुर्बाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं
नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः॥
🙏 नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः 🙏
— ॐ ग्रहाः सर्वे शान्तिकरा भवन्तु —
📚 शास्त्र-सन्दर्भ: नवग्रह पूजन विधि — कर्मकाण्ड-पद्धति, बौधायन-गृह्यसूत्र, ग्रह-शान्ति-प्रकरण, निर्णयसिन्धु, धर्मसिन्धु। प्रत्येक ग्रहको वैदिक मन्त्र शुक्ल यजुर्वेद, ध्यान-श्लोक नवग्रह-स्तोत्रबाट सङ्कलित। आह्वानमा देश-गोत्र-वर्णको उल्लेख ब्राह्म-वैष्णव कर्मकाण्डको परम्परा हो।
🕉️ श्रीशुक्लयजुर्वेदीय सस्वर रुद्राष्टाध्यायी
॥ ॐ श्री गणेशाय नमः ॥
🕉️ रुद्राष्टाध्यायी परिचय: रुद्राष्टाध्यायी शुक्ल यजुर्वेदबाट सङ्कलित आठ अध्यायात्मक रुद्र-स्तुति हो, जसमा शिवसङ्कल्प, पुरुषसूक्त, अप्रतिरथ, सूर्यसूक्त, रुद्रसूक्त (नमक), त्र्यम्बक, जटाध्याय र चमक सूक्तहरू समावेश छन्। यो शिव-अभिषेक, महामृत्युञ्जय यज्ञ, र शान्ति-अनुष्ठानमा पाठ गरिने प्रमुख वैदिक ग्रन्थ हो। यहाँ शान्त्यध्याय र स्वस्तिप्रार्थनामन्त्र पनि समावेश छ। पाठ स्वर-चिह्न (उदात्त, अनुदात्त, स्वरित) सहित दिइएको छ।
🔠 आकार: १००%
📜 लग्नपत्रिका निर्माण
🤖 Auto मोड — मिति/समय हाल्नुहोस्
📅 मूल कार्य मिति/समय:
📅 दोस्रो मिति (शाखोच्चारण/चूडा कर्म):

🪐 गोचर फलादेश

गोचरभ्रमणवश सूर्यादिग्रहहरूको द्वादश स्थानहरूको फल-बोधक चक्र

📊 ग्रह-स्थान फल चक्र (१२ भाव × ९ ग्रह)
ग्रह
भ्रमण
स्थान
सूर्य चन्द्र मङ्गल बुध गुरु शुक्र शनि राहु केतु
स्थान-हानि, गमन पुष्टि, अन्नलाभ भय एवं पीडा बन्धन, भय अरिष्ट्यादि, भय सुख, शत्रुनाश सर्वनाश, पीडाभय हानि-कष्ट, भय हानि, रोगभय
हानि, भय धन-नाश, सुख नेत्र-रोग, धनहानि धनलाभ धनलाभ सुख, धनप्राप्ति शोक, धनहानि व्यय, निर्धनता वैर, वित्तनाश
धनप्राप्ति, सुख धनप्राप्ति, सुख सुख, श्रीप्राप्ति शत्रुभय भय, रुग्णता सुख, अर्थागम सुख, अर्थलाभ आरोग्य, धनप्राप्ति सुख-लाभ, वृद्धि
रोगभय, मानहानि रोग, मानार्थ-सिद्धि शत्रु-भय, कष्ट धन-सुखादि प्राप्ति धनहानि, भय धनागम पीडा, भय, शत्रुवृद्धि वैर, शोक भय, पीडा
अर्थहानि, दीनता सुख, कार्यहानि रोगभय, धनक्षय रोगभय, शोक लाभ, सुख सुख, पुत्रलाभ धनहानि, पुत्रहानि हानि, शोक दुःख, धनक्षय
शत्रुनाश, सुख वित्तलाभ सुख, धनलाभ अलाभको स्थिति रोग, शोक शत्रुभय, पीडा सुख, धनलाभ सुख, लक्ष्मीप्राप्ति सुख, धनलाभ
अर्थक्षति, गमन द्रव्यप्राप्ति, सुख कृशता, धनहानि पीडा, भय, विग्रह सन्मान, सुख शोक, अतिभय दोष, पीडा, भय दरिद्रता, हानि दुर्गति, कष्ट
रुग्णता, भय क्लेशभय, अपमृत्यु भय, पापबुद्धि धन आदिको लाभ मृत्युभय, पीडा विपत्ति, धनक्षय पीडा, भय, शत्रुवृद्धि रोगभय, व्यसन पीडा, भय, हानि
कान्तिक्षय, पापबुद्धि मान, राजभय रोगभय, वैकल्य रोगभय, धनक्षय सुख, सन्मान सुखलाभ पाप, धननाश पापकर्मसक्ति पाप, दीनता
१० सौख्य, कर्मसिद्धि शुभ, सुख सुख, शोक सुख, सुभोग अतिदीनता धर्मलाभ, सुखरहित वैमनस्य, वैकल्य वैर, सुख भय, शोक
११ धनप्राप्ति, सुख विविध प्रकार धनलाभ लाभ, सुखप्राप्ति शुभ, अर्थागम सुख, वित्तलाभ दुःख, धनागम सुख, धनलाभ सुख, वृत्तिप्राप्ति सुयश- अर्थलाभ
१२ धनक्षय, पीडा, भय रोग, धनहानि रोग, शोक शोक, धनक्षय भय, देहपीडा धनागम क्लेश, अनर्थ हानि, पीडा पीडा, भय, वैर
📌 तालिका पढ्ने तरिका: बायाँ खम्ब = ग्रह जुन भावमा गोचरमा भ्रमण गर्दैछ (जन्मराशि/लग्नबाट); माथिल्लो पङ्क्ति = कुन ग्रह। दुवै काटिने कोठाले त्यो गोचरको फल देखाउँछ।
🌙 चन्द्र-गोचर फल — परम्परागत श्लोक
द्वादश भावमा चन्द्रको गोचर फल
आद्ये चन्द्रे शुभं ज्ञेयं मनसन्तोषं द्वितीयके। तृतीये धनसम्पत्तिश्चतुर्थे कलहागमः॥ पञ्चमे ज्ञानवृद्धिः स्यात् षष्ठे धान्यधनागमः। सप्तमे राजसम्मानमष्टमे प्राणसंशयः॥ नवमे धर्मलाभः स्याद् दशमे विजयी भवेत्। एकादशे जयो नित्यं द्वादशे सर्वथा क्षतिः॥
श्लोकको अर्थ (नेपालीमा):
१ औँ भाव — शुभ, मनको सन्तोष।
२ औँ भाव — धन-सम्पत्ति लाभ।
३ औँ भाव — धनसम्पत्तिको प्राप्ति।
४ औँ भाव — कलहको आगमन।
५ औँ भाव — ज्ञानको वृद्धि।
६ औँ भाव — धान्य र धनको प्राप्ति।
७ औँ भाव — राजसम्मान (मान-प्रतिष्ठा)।
८ औँ भाव — प्राणको संशय/भय।
९ औँ भाव — धर्म-लाभ।
१० औँ भाव — विजय प्राप्ति।
११ औँ भाव — सदा जय।
१२ औँ भाव — सर्वथा क्षति/हानि।
🏥 चिकित्सा ज्योतिष (Medical Astrology) — रोग निदान एवं स्वास्थ्य विश्लेषण
ग्रह, भाव, राशि, दशा र गोचरको संयुक्त अध्ययनद्वारा रोगको कारण, समय र निवारणको उपाय पत्ता लगाउने ज्योतिषशास्त्रको शाखालाई चिकित्सा/आयुर् ज्योतिष भनिन्छ। मुख्यतः लग्न, षष्ठ (६), अष्टम (८) र द्वादश (१२) भाव तथा तिनका स्वामी र कारक ग्रहहरूको बल-निर्बलता, पीडा (afflictions) र गोचर-दशा फलद्वारा रोगको विश्लेषण गरिन्छ।
🪐 ग्रह अनुसार रोग-कारकत्व र शरीर अंग
ग्रहकारक शरीर-अंगअशुभ/पीडित हुँदा हुने रोगहरू
सूर्यहड्डी, हृदय, आँखा (दायाँ), मेरुदण्डहृदयरोग, ज्वर, आँखा समस्या, हड्डी दुखाइ, रक्तचाप
चन्द्रमन, रक्त, फोक्सो, आँखा (बायाँ), पेटमानसिक तनाव, रक्तसम्बन्धी रोग, जुकाम-खोकी, अनिद्रा, पेट समस्या
मङ्गलरक्त, मांसपेशी, दुर्घटना-चोटदुर्घटना, रक्तचाप, अपरेशन, पित्त रोग, छाला रोग, अल्सर
बुधस्नायु प्रणाली, छाला, वाणीस्नायु रोग, छाला रोग, बोल्ने-सुन्ने समस्या, मानसिक भ्रम
गुरुकलेजो (लिभर), बोसो, कानमधुमेह, मोटोपन, कलेजो/मुटु समस्या, कान समस्या
शुक्रप्रजनन अंग, मुख, वीर्ययौन/मूत्र रोग, मधुमेह, आँखा समस्या, हर्मोन असन्तुलन
शनिहड्डी-जोर्नी, दाँत, वातवातरोग, जोर्नी दुखाइ, दीर्घकालीन/पुरानो रोग, अशक्तता
राहुविष, संक्रमणरहस्यमय/असामान्य रोग, विषाक्तता, क्यान्सर-प्रकृतिको भय, मानसिक भ्रम
केतुप्रतिरोधात्मक प्रणालीअज्ञात रोग, संक्रमण, शल्यक्रिया-योग, एलर्जी
🏠 भाव (कुण्डली स्थान) अनुसार स्वास्थ्य-सम्बन्धी फल
भावमहत्वपीडित हुँदा
शरीर, तन्दुरुस्ती, स्वभावशारीरिक कमजोरी, दीर्घ रोग-प्रवृत्ति
रोग, ऋण, शत्रु — रोगको मुख्य भावदीर्घ रोग, संक्रमण, शत्रु-अदालत झगडा
आयु, अपघात, शल्यक्रिया, गुप्त रोगदुर्घटना, अपरेशन-योग, आयु-सम्बन्धी जोखिम
१२अस्पताल भर्ना, शय्या-वास, आँखाअस्पताल/शय्यावास, आँखा समस्या, निद्रा-दोष
🔎 ६, ८, १२ भावलाई त्रिक भाव भनिन्छ — यी भावका स्वामी नराम्रो स्थानमा वा पीडित भएमा रोग-योग बलियो हुन्छ।
♈ राशि अनुसार शरीरका अंग (कालपुरुष कुण्डली)
राशिशरीर अंगराशिशरीर अंग
मेषटाउको, मुखतुलाकम्मर, मृगौला
वृषअनुहार, घाँटीवृश्चिकगुप्तांग, मलद्वार
मिथुनकाँध, हात, फोक्सोधनुतिघ्रा, कम्मर
कर्कटछाती, फोक्सो, पेटमकरघुँडा, हड्डी
सिंहहृदय, ढाडकुम्भपिँडुला
कन्यापेट, आन्द्रामीनपैतला, खुट्टा
📆 दशा-गोचर अनुसार रोग-समय निर्धारण
• जब ६, ८ वा १२ भावको स्वामीको महादशा/अन्तर्दशा चलिरहेको हुन्छ, त्यस अवधिमा रोग-पीडाको सम्भावना बढी हुन्छ।
पापग्रह (शनि, मङ्गल, राहु, केतु)ले लग्न वा लग्नेशलाई गोचरमा दृष्टि/युति गर्दा रोग-पीडा हुन सक्छ।
शनिको साढेसाती वा ढैया चलिरहेको बेला दीर्घकालीन/वातजन्य रोग बढ्ने सम्भावना हुन्छ।
अष्टमेश वा षष्ठेशको गोचर लग्नमा वा लग्नेशमाथि आउँदा शल्यक्रिया/दुर्घटना योग बन्न सक्छ।
• रोगबाट मुक्तिको समय सामान्यतः शुभग्रहको दशा/गोचर वा पीडक ग्रहको दशा-अन्त्यसँगै आउँछ।
💎 ग्रह अनुसार रोग-शान्तिको ज्योतिषीय उपाय
ग्रहरत्नदान/उपायमन्त्र-जाप संख्या
सूर्यमाणिक्यगहुँ, गुड, ताम्रपात्रबाट सूर्यलाई जल अर्घ्यआदित्य हृदय स्तोत्र / ७,००० जाप
चन्द्रमोतीचामल, दूध, सेतो वस्त्र दानमहामृत्युञ्जय मन्त्र / ११,००० जाप
मङ्गलमूंगारातो मसुरो, गुड, ताम्रा दानहनुमान चालीसा नित्य पाठ
बुधपन्नाहरियो वस्त्र, मुगी दाल दानविष्णु सहस्रनाम पाठ
गुरुपुखराजपहेंलो वस्त्र, बेसार, चना दाल दानगुरु मन्त्र / १९,००० जाप
शुक्रहीरा/सेतो पुष्परागसेतो वस्त्र, दही-चिनी दानश्री सूक्त पाठ
शनिनीलमतेल, कालो तिल, फलामको दान, शनिवार व्रतशनि चालीसा / २३,००० जाप
राहुगोमेदसप्तधान्य, कम्बल दानदुर्गा सप्तशती पाठ
केतुलहसुनियातिल, बहुरंगी कम्बल दानगणेश मन्त्र जाप
⚠️ रत्न धारण गर्नुअघि योग्य ज्योतिषीसँग परामर्श गर्नु आवश्यक छ। ज्योतिषीय उपाय सहायक मात्र हो — गम्भीर स्वास्थ्य समस्यामा योग्य चिकित्सकको सल्लाह अनिवार्य लिनुहोस्।
📖 फलदीपिका
सप्तदशोऽध्यायः — निर्याणप्रकरण
(मृत्युको समय निर्धारणका शास्त्रीय नियमहरू)
⚠️ नोट: यो शास्त्रीय ज्योतिषीय अध्ययन सामग्री हो। यसको प्रयोग शास्त्रीय अनुसन्धान र अध्ययनका लागि मात्र गर्नुहोस्।
📚 स्रोत: फलदीपिका — मन्त्रेश्वर रचित ज्योतिषशास्त्रको प्रसिद्ध ग्रन्थ
👑 अथ संवत्सरका राजादि फल
(सात ग्रहहरूको दश-दश राजादि अधिकार अनुसार फल)
📚 सात ग्रहहरू × १० अधिकार (राजा, मन्त्री, सस्येश, धान्येश, मेघेश, रसेश, नीरसेश, फलेश, घनेश, दुर्गेश) = ७० फल विवरण
🪐 ग्रह छान्नुहोस्:
📚 परम्परागत संवत्सर फल ज्योतिष शास्त्रबाट संकलित
📿 संवत्सर फल (६०)
(ब्रह्मा-विष्णु-शिव — २०+२०+२० = ६० संवत्सर फल)
📚 श्लोक + 🇳🇵 नेपाली भाव + 🇮🇳 हिन्दी भाव सहित
🧮 संवत्सरानयन प्रकार
श्लोक: शाके च पंचाग्नी कुभिर्युक्त स्याद्विक्रमस्य हि । रेवाया उत्तरे तीरे संवन्नाम्रातिवि श्रुत ।।
गतानि वर्षाणि शकेन्द्रकालाद्धतानि रुद्रैर्गुणयेच्चतुर्भिः । नवाष्ठपञ्चाष्ट युतानि कृत्वा विभाजयेच्छून्य शरागरामै ।।
विधि: वर्तमान शाकेलाई दुई ठाउँमा राखेर एक स्थानमा ११ ले गुणा गर्ने, फेरि ४ ले गुणा गरी ८५८९ जोड्ने। अनि ३७५० ले भाग दिँदा आउने भागफल वर्ष हुन्छ। शेषलाई १२ ले गुणा गरी ३७५० ले भाग दिँदा महिना, फेरि ३० ले गुणा गरी दिन, अनि ६० ले गुणा गरी घटी, फेरि ६० ले गुणा गरी पला आउँछ। अन्तमा भाग गरी आएको वर्षलाई दिएको शाकेमा जोडेर ६० ले शेष गर्दा गत संवत्सर आउँछ। त्यसमा १ जोड्दा प्रवेश संवत्सर हुन्छ।
📝 शालिवाहन शाके राख्नुहोस्:
वर्तमान शालिवाहन शाके (विक्रम सम्वत् − १३५ लगभग) हाल्नुहोस्।
📚 परम्परागत संवत्सर शास्त्रबाट संकलित — ६० संवत्सर (ब्रह्मा-विष्णु-शिव) फल विवरण
🌞 संक्रान्ति प्रकरण
(वार र नक्षत्र अनुसार संक्रान्ति नाम र फल)
📜 श्लोक १ — मूल संस्कृत:
घोरा रवौ ध्वांक्ष्यऽमृतसुतौ च संक्रांतिरारे च महोदरी स्यात् ।
मन्दाकिनीशे च गुरौ च मन्दामिश्रामृगौराक्षसिचन्द्रपुत्रे ।। १ ।।
📅 सूर्य संक्रान्ति १ गते — वार अनुसार नाम
रविवार घोरा नामको संक्रान्ति
सोमवार ध्वांक्षी नामको संक्रान्ति
मंगलवार महोदरी नामको संक्रान्ति
बुधवार मन्दाकिनी नामको संक्रान्ति
बृहस्पतिवार नन्दा नामको संक्रान्ति
शुक्रवार मिश्रा नामको संक्रान्ति
शनिवार राक्षसी नामको संक्रान्ति
📚 परम्परागत संक्रान्ति शास्त्रबाट संकलित (श्लोक १-३)
⭐ बृहत्संहिता अनुसार
२७ नक्षत्रहरूको फल
(जन्म नक्षत्र अनुसार स्वभाव र फल)
📜 स्रोत: बृहत्संहिता — आचार्य वराहमिहिर रचित शास्त्रीय ग्रन्थ
📋 छिटो छनोट (कुनै नक्षत्रमा जान्न click गर्नुहोस्):
📚 स्रोत: बृहत्संहिता — आचार्य वराहमिहिर रचित ज्योतिषशास्त्रको प्रसिद्ध ग्रन्थ
🌙 तिथिफलम्
बृहत्संहिता अनुसार तिथिको फल
(जन्म तिथि — स्वभाव, फल र शुभकार्य)
📜 स्रोत: बृहत्संहिता — आचार्य वराहमिहिर रचित शास्त्रीय ग्रन्थ
🌗 पक्ष:
📊 तिथि पञ्चक वर्ग (शास्त्रीय वर्गीकरण):
नन्दा (१,६,११) — आनन्द
भद्रा (२,७,१२) — कल्याण
जया (३,८,१३) — विजय
रिक्ता (४,९,१४) — शून्य/वर्जित
पूर्णा (५,१०,१५) — पूर्ण
📋 छिटो छनोट (कुनै तिथिमा जान्न click गर्नुहोस्):
📚 स्रोत: बृहत्संहिता — आचार्य वराहमिहिर रचित ज्योतिषशास्त्रको प्रसिद्ध ग्रन्थ
💰 राश्यादि आय-व्यय विवरण
(लाभ-खर्च ज्ञान — विंशोत्तरी र अष्टोत्तरी)
सूर्यादि ७ ग्रह × १२ राशि अनुसार आय-व्यय फल
📜 मूल श्लोक:
आयव्यय समायुक्ता मेकऋणे वसु भागिता। शेधे मेकलाभकृत्व: दृतिय सुखसम्पनाः ॥ १ ॥ तृतीय दुःखचतयेंरोगभयः पञ्चपवादक। षष्टसम्मानः सप्ताविजयाशून्य हानिश्चकारका ॥ २ ॥
विधि: आय + व्यय जोडेर, १ घटाउनुहोस्, अनि ८ ले भाग दिनुहोस्। शेष अनुसार फल हुन्छ।
🧮 आय-व्यय शेषफल क्याल्कुलेटर
विधि: (आय + व्यय − १) ÷ ८ = शेष
📝 उदाहरण: विंशोत्तरी मेषराशि (सूर्य)
आय = १४, व्यय = ११
जोड = १४ + ११ = २५
२५ − १ = २४
२४ ÷ ८ = ३ (भागफल), शेष = ०
शेष ० = हानि
🕉️ हाम्रो ज्योतिषी टोली
एप निर्माता र सहयोगी गुरुहरू
सम्पर्क, परामर्श र मार्गदर्शनका लागि
💫 श्रद्धा र आभार: यो एप निर्माणमा सहयोग गर्ने सबै गुरु तथा ज्योतिषाचार्यहरूप्रति हार्दिक कृतज्ञता।
परामर्शका लागि माथिको सम्पर्क प्रयोग गर्न सक्नुहुनेछ।
🐒 श्री हनुमान प्रश्नावली
॥ श्री राम जय राम जय जय राम ॥
मनमा एकाग्र भई श्री हनुमानजीको स्मरण गर्नुहोस्, आफ्नो प्रश्न सोच्नुहोस् र चक्र घुमाउनुहोस्। प्राप्त अङ्क अनुसार फलादेश तल देखिनेछ।
🐒
🙏 फलादेश
मनमा हनुमानजीको ध्यान गरी माथिको बटन थिच्नुहोस्।
💫 श्रद्धा सूचना: यो प्रश्नावली आस्था र मनोरञ्जनका लागि हो। निर्णय गर्दा विवेक र योग्य ज्योतिषीको परामर्शलाई प्राथमिकता दिनुहोस्।
🏠 घर-जग्गा प्रश्नावली
आफ्नो भूमि/जमिन मनमै सोचेर, श्रद्धापूर्वक कुनै एउटा कोठा मा थिच्नुहोस्। एउटै जमिनका लागि बारम्बार सबै कोठामा क्लिक नगर्नुहोला। ज्योतिषको ज्ञान भएकाहरूलाई यो विधि थाहा हुन्छ — जानेर राम्रो फल भएकै कोठामा क्लिक गरे फल मिल्दैन। त्यसैले छनोट परिवारको कुनै सदस्यबाट निष्पक्ष रूपमा गराउनु उत्तम।
📜 यो प्रश्नावली परम्परागत वास्तु/ज्योतिष मान्यतामा आधारित आस्था र मार्गदर्शनका लागि हो। महत्त्वपूर्ण निर्णय अघि योग्य ज्योतिषी/वास्तुविद्को परामर्श लिनुहोस्।
🌙 स्वप्न फल — सपनाको फल
सपनामा देखिएको वस्तु वा घटना अनुसारको परम्परागत फल। खोजबाट तुरुन्तै हेर्नुहोस्।
✅ शुभ (राम्रा) स्वप्न — सूची
⚠️ अशुभ (नराम्रा) स्वप्न — सूची
⚫ कोठी ज्ञान — शरीरमा कोठी (तिल) को फल
शरीरका विभिन्न भागमा रहेको कोठीअनुसारको परम्परागत फल। शरीरको भाग वा गुणले खोज्नुहोस्।
📌 परम्परागत सामुद्रिक शास्त्रमा आधारित — मनोरञ्जन/ज्ञानका लागि।
🩺 मेडिकल ज्योतिष — ग्रह योग र स्वास्थ्य
परम्परागत ज्योतिषमा वर्णित ग्रह-संयोगहरू र तिनका सम्भावित स्वास्थ्य संकेतहरू।
📌 परम्परागत ज्योतिष शास्त्रमा आधारित — यो जानकारी शैक्षिक/सन्दर्भका लागि मात्र हो, चिकित्सकीय निदान वा उपचारको विकल्प होइन। स्वास्थ्य समस्याको लागि कृपया योग्य चिकित्सकसँग परामर्श गर्नुहोस्।
🔍 हराएको/चोरी सामान विचार — प्रश्न ज्योतिष
प्रश्न सोधिएको समयको लग्न र चन्द्र नक्षत्रबाट सामानको दिशा, स्थान, प्राप्ति सम्भावना र चोरको स्वरूप स्वतः गणना गर्दछ।
📝 प्रश्न विवरण
📚 सन्दर्भ नियमहरू
🧭 चन्द्र नक्षत्र अनुसार दिशा, प्राप्ति र समय (लोचन विचार)
☑️ अन्धलोचन नक्षत्र
धनिष्ठा, पुष्य (तिष्य), रोहिणी, पूर्वाषाढा, विशाखा, उत्तरफाल्गुनी, रेवती
फल: सामान शीघ्र प्राप्त हुन्छ। पूर्व दिशा तिर लगिएको हुन्छ। करिब ४ दिनभित्र फेला पर्छ।
⚠️ मन्दलोचन नक्षत्र
हस्त, उत्तराषाढा, अनुराधा, शतभिषा, आश्लेषा, अश्विनी, मृगशिरा
फल: सामान टाढा रहेको, दक्षिण दिशा तिर गएको हुन्छ। धेरै प्रयत्न गरे करिब ३ दिनमा भेटिन्छ; नत्र आश मार्दा हुन्छ।
🟠 मध्यलोचन नक्षत्र
आर्द्रा, मघा, पूर्वभाद्रपद, चित्रा, ज्येष्ठा, अभिजित, भरणी
फल: सामान पश्चिम दिशामा वा पश्चिमतिर चोरेर राखिएको हुन्छ। प्राप्त हुन अत्यन्त शंका — धेरै टाढा लगिएको। विशेष गरी करिब ६४ दिनमा पाइन्छ।
❌ सुलोचना नक्षत्र
स्वाती, पुनर्वसु, श्रवण, कृत्तिका, उत्तरभाद्रपद, मूल, पूर्वफाल्गुनी
फल: प्रायः प्राप्त हुँदैन। उत्तर दिशामा हराएको वा चोरेर लगिएको हुन्छ।
📍 सामान कहाँ छ — नक्षत्रको मुख अनुसार
⬆️ ऊर्ध्वमुख: रोहिणी, आर्द्रा, पुष्य, उ.फाल्गुनी, उ.षाढा, उ.भाद्रपद, श्रवण, धनिष्ठा, शतभिषा।
छत/कौसी वा अग्लो ठाउँमा राखिएको।
⬇️ अधोमुख: भरणी, कृत्तिका, मघा, मूल, आश्लेषा, पू.भाद्रपद, पू.षाढा, पू.फाल्गुनी, विशाखा।
तल — जमिन, खाटमुनि वा जमिन मुनि।
↔️ समानमुख: अश्विनी, मृगशिरा, पुनर्वसु, हस्त, चित्रा, स्वाती, अनुराधा, ज्येष्ठा, रेवती।
दराज, भित्ता वा ढोका नजिक।
👤 प्रश्न लग्न अनुसार चोरको वर्ण
मेष: ब्राह्मण — पढेलेखेको व्यक्ति।
वृष: क्षत्रिय — युद्धकला/बल माहिर।
मिथुन: वैश्य — व्यापार/पसले।
कर्कट: शूद्र — सेवामा आबद्ध।
सिंह: परिवारकै सदस्यले।
कन्या: कुलकी स्त्रीले।
तुला: छोरा/भाइ/भतिजा — सानो पुरुष वर्ग।
वृश्चिक: नोकरले।
धनु: कुलकी स्त्रीले।
मकर: शत्रुले।
कुम्भ: मुसा वा कुनै जन्तुले।
मीन: भूमिमा गाडिएको।
❓ सामान हराएको हो कि होइन / 🏠 द्रेष्काण / ♁ लग्नेश
हराएको हो कि होइन:
• प्रश्न लग्नमा स्थिर राशि/नवमांश, वा लग्न-नवमांश वर्गोत्तम → सामान हराएको हुँदैन।
चतुर्थेश चन्द्रमासँग चतुर्थ भावमा वा चतुर्थ भावलाई हेरेको → हराएको हुँदैन।
द्रेष्काण (घरभित्रको स्थान):
प्रथम: मूल ढोका नजिक — घरका परिवारले निकालेको।
द्वितीय: घरको मध्यभाग — कतै खस्यो वा जाँदा-आउँदा झर्‍यो।
तृतीय: घरको अन्तिम भाग — कतै राखेर बिर्सनुभयो।
लग्नेशको राशि:
मित्र राशि → आफन्तको घरमा छाडिनुभयो।
शत्रु राशि → विरोधीको घरमा गएर हराउनुभयो।
स्वराशि → सामान घरमै छ।
📌 परम्परागत प्रश्न (होरा) ज्योतिष शास्त्रमा आधारित — सन्दर्भ/अध्ययनका लागि मात्र।
🛡️ Admin Panel — Login
⚠️ यो panel केवल Admin को लागि हो। Admin password राख्नुहोस्।

📋 जातक विवरण

पहिले चिना टिप्पणी बनाउनुहोस्